कञ्चनपुरको एक मतदान स्थल नजिकै बम भेटिएपनि उत्साहपूर्वक मतदान

कञ्चनपुरको एक मतदान स्थल नजिकै बम भेटिएपनि उत्साहपूर्वक मतदान

महेन्द्रनगर : कञ्चनपुरको वेदकोट नगरपालिका २ मा रहेको बैजनाथ उच्च मावि मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला परेको छ। मतदान स्थल नजिकै बिहानै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएपछि त्यहाँ मतदान गर्न पुगेका मतदाता त्रसित बनेका छन्। मतदातालाई त्रसित बनाउने उद्देश्यले त्यहाँ शंकास्पद बस्तु राखिएको हुन सक्ने प्रहरीले जनाएको छ।

‘शंकास्पद वस्तु मतदान स्थल भन्दा केही पर राखेको पाइएको छ' कञ्चनपुरका एसपी प्रकाश बहादुर चन्दले भने,‘ प्रहरीले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ'। मतदान स्थल भन्दा तीनसय मिटरको दुरीमा शंकास्पद वस्तु भेटिएपनि मतदान भने भइरहेको छ। वेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश सिंहले मतदान भइरहेको त्यहाँबाट जानकारी दिए। यसैबीच कञ्चनपुर जिल्लाका अन्य मतदान केन्द्रहरुमा बिहानैदेखि मतदान सुरु भएको छ।

जिल्ला निर्वाचन अधिकारी केशव भण्डारीले सबै मतदान केन्द्रमा बिहानै देखी मतदान भइरहेको जानकारी दिए। मतदान गर्न बिहानै मतदाताहरु आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेका थिए। प्रदेश सभा र प्रतिनितिसभा निर्वाचनको दोस्रो चरण अन्र्तगत भइरहेको मतदानमा मतदाता उत्साहित भएर मतदानमा सहभागी भएका छन्। उम्मेदवारहरु समेत मतदान गर्न पुगेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का वामगठबन्धनका उम्मेदवार दिपक प्रकाश भट्टले महेन्द्रनगरस्थित शान्ति विद्या निकेतनमा रहेको मतदान स्थलमा मतदान गरेका छन्। उनले बिहानै ७ बजे नै पुगेर मतदान गरेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता रमेश लेखकले वेदकोट नगरपालिका ८ मा रहेको वैजनाथ उमाविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्। यस्तै नेपाली काँग्रेसका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एनपी सावदले भीनपा २ मा रहेको सरस्वती उमाविको मतदान केन्द्रमा मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.