जनकपुरमा उत्साहपूर्वक मतदान

जनकपुरमा उत्साहपूर्वक मतदान

जनकपुरधाम :  प्रतिनीधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि धनुषामा उत्सापूर्वक मतदान भइरहेको छ। मतदाताहरु निकै उत्साहित भएर मतदान गर्नका लागि आ आफ्नो मतदान केन्द्रहरुमा लामबद्ध भएका छन्। मतदानलाई शान्तिपूर्वक सम्पन्न गराउन जिल्लाभरीमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ भने मतदान केन्द्रहरुमा चेकजाँच पश्चात मात्र सर्वसाधारणलाई प्रवेश दिने व्यवस्था गरिएको छ।

जिल्ला भरीमा मतदान केन्द्रहरुको सुरक्षा लागि ५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। सिंहका अनुसार धनुषा जिल्ला भरीमा नेपाल प्रहरी मात्रै २ हजार १ सय भन्दा बढीको संख्यामा खटाइएका छन्। त्यसैगरी ३ हजार ५ सय भन्दा बढी म्यादी प्रहरी खटाइएका हुन्। निर्वाचनलाई शान्ति पूर्ण ढंगले सम्पन्न गराउन सशस्त्र प्रहरीको मोबाइल टोली गस्ती गर्नुका साथै सेनाले समेत गस्ती गरिरहेको छ।

एउटा मतदान केन्द्रमा १३ देखी १५ सम्मको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। केन्द्रकै सर्कुलर अनुसार नै जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सेनाले जिल्लाभरीनै गस्ती गरिरहेको छ। जिल्लाको ३ सय २७ मतदान स्थल मध्ये २ सय २२ मतदान स्थललाई अति संवेदनशील मतदान स्थलको सुचीमा राखिएको छ। यस जिल्लाको जोडिएका मतदान स्थलहरुमा विशेष सुरक्षा सर्तकता अपनाइएको छ। प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ वटा निर्वाचन क्षेत्र रहेको धनुषामा निर्वाचन आयोगले ५ सय ४८ वटा मतदान केन्द्र निर्धारण गरेको छ।

जम्मा ४ लाख ४६ हजार ७३ मतदाता रहेको यस जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि २ सय ३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.