देश समृद्धिको दिशामा अघि बढ्यो
काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र काठमाडौँ क्षेत्र नम्बर–९ क का वामगठबन्धनका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ फसि गाँबाट मतदान गरेका छन् । उनीहरु दुबैले मतदान गर्दै अब देश समृद्धिको दिशामा अघि बढेको भन्दै काठमाडौँ महानगरको विकासले पनि गति लिने बताए ।