निर्वाचन पर्यवेक्षण गर्दैै जापनिज टोली

निर्वाचन पर्यवेक्षण गर्दैै जापनिज टोली

काठमाडौं :  दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन पर्यवेक्षणका लागि आएका जापानका उपविदेशमन्त्री इवाओ होरी भक्तपुर पुगी निर्वाचन अवलोकन गरेका छन् ।

जापानी उपविदेशमन्त्री होरी नेतृत्वको ५ सदस्यीय उच्चस्तरीय टोली निर्वाचन पर्यवेक्षणका लागि बुधवार नेपाल आएका थियो । उनले आजै काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसँग भेटवार्ता गरेका थिए । जापानले शान्तिपूर्ण निर्वाचनमार्फत नेपालको राजनीतिले स्थायित्व पाओस् भन्ने चाहेको छ।

विप्लव नेतृत्वको नेकपाले दिनहुँजसो उपत्यकाकेन्द्रित विस्फोट गराइरहेका बेला हुन लागेको चुनाव जापानी उपविदेशमन्त्री होरीको भ्रमण अवधिभर गृह मन्त्रालयले उच्च सुरक्षा दिएको छ ।

हेरी पछिल्लो पटक प्रधानमन्त्री सिन्जो आवे नेतृत्वको सरकारमा चौथो पटक मन्त्री बनेका हुन्।जापानले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई चासो दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.