कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई घाइते
दाङ : दाङको दंगीशरण गाउँपालिका ६ श्रीगाउँमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। भोट हाल्न आएका काठमाडौं महानगरपालिकाका कर्मचारी टेकबहादुर केसी र नेविसंघको क्षेत्रीय सचिव चित्रकुमार केसी घाइते भएका छन्। घाइतेहरुको तुल्सीपुर सिटी हस्पितलमा उपचार भइरहेको छ।
यसैबीच शान्तिपुर बाघखोर मतदान केन्द्रमा मतदान सुरु भएको छैन्। विस्फोट पदार्थ राखेको आशंकामा मतदान हुन नसकेको हो। मुख्य निर्वाचन कार्यालय दाङका सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले मतदान सुरु हुन नसेकेको जानकारी दिदै छिट्टै मतदान गर्ने तयारी भइरहेको बताए।