भक्तपुरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

भक्तपुरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

भक्तपुर :  भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।

एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार कांग्रेस र एमाले समर्थकहरुबीच ढुंगा हानाहान हुँदा सर्वसाधारणका घरका सिसा फुटेका छन्। अहिले स्थिति नियन्त्रणमा आइसकेको भक्तपुर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनाकारी दिए। उनका अनुसार मतदान भने सुचारु भइरहेको छ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ का लागि नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अनुराधा थापामगर मतदान गरेकी छिन्। उनले मध्यपुर थिमि नगरपालिका २ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.