कर्मचारीको गल्तीले अर्कै बाकसमा मत खसेपछि पुनः मतदान

कर्मचारीको गल्तीले अर्कै बाकसमा मत खसेपछि पुनः मतदान

परासी : कर्मचारीको असावधानीका कारण प्रदेशसभा सदस्यको मत पत्र प्रतिनिधिसभाको मतपेटिकामा  खसालेपछि पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ।

बिहान सात बजेदेखि भोट खसाल्न आएका मतदाताहरूलाई त्यहाँ खटिएका कर्मचारीले प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान प्रकृया अवरुद्ध भएको थियो।

एउटाको मत पत्र अर्कै बाकसमा खसालेपछि राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा पुनः मतदान गरिएको मतदान अधिकृत वीरेन्द्र कुमार तिमिल्सेनाले बताए। १८ जनाले मतदान गरेपछि उक्त त्रुटी भएको थाहा भएको तिमिल्सेनाले बताए। राजनीतिक दलको सहमतिमा मतदान गर्ने मतदाताहरूको पहिचान गरी पुनः मतदान गर्न लगाइएको थियो। त्रुटी भएर खसालिएका सबै मतपत्रलाई मुचुल्का बनाएर छुट्टै शिल गरेर राखिएको तिमिल्सेनाले बताए।

पूर्व र पश्चिम जिल्लामा विभाजन नवलपरासीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रकृया अघि बढेको पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। निर्वाचनका लागि दुवै जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन छन्।

पूर्वी जिल्ला (नवलपुर क्षेत्र) मा २ सय ५८ मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा कुल २ लाख २१ हजार ७ सय १६ मतदाता छन्। दुई निर्वाचन क्षेत्र रहेको त्यहाँ २० प्रतिनिधिसभा र ४२ प्रदेशसभाका उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी पश्चिम जिल्ला (परासी क्षेत्र) मा २ सय मतदान केन्द्र र १ सय २० मतदान स्थलमा कुल २ लाख ८ हजार २ सय ३७ मतदाता छन्।

दुई निर्वाचन क्षेत्र रहेको त्यहाँ २६ प्रतिनिधिसभा र ६३ प्रदेशसभाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.