नवलपरासीका दुई स्थानमा विस्फोट

नवलपरासीका दुई स्थानमा विस्फोट

परासी :  नवलपरासीका दुई मतदान केन्द्रमा बम विस्फोट भएको छ । मतदाताहरू भोट खसालिरहेको अवस्थामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दिपज्योती निमावि केन्द्र भित्र विष्फोट भएको हो । केन्द्रभित्र सुरक्षा व्यवस्था कडा पारिएको बताए पनि त्यसलाई चुनौती दिदै विस्फोट गराइको हो । कपडामा बेरेर राखेको बम विस्फोट भएपनि कुनै क्षति नभएको एसपी दिपेन्द्र जिसीले बताए ।

विस्फोटपछि अवरूद्व भएको मतदान प्रकृया एक घण्टापछि सुचारू भएको उनले बताए ।

त्यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भूताहास्थित राजापूर्णभद्र मावी केन्द्र नजिक विस्फोट भएपनि कुनै क्षति नभएको एसपी मुकुन्दराज आचार्यले बताए । टिनको वट्टामा सुतली बम बनाएर छाडेको वस्तु विष्फोट भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.