तस्बिरमा हेर्नुहोस् शीर्ष नेताको मतदान

तस्बिरमा हेर्नुहोस् शीर्ष नेताको मतदान

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा बिहीबार मतदान भइराखेको छ । राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान जारी छ । प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए। बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ। शीर्ष नेताले मतदान गरेका तस्बिर राससबाट

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

इलामको बालमन्दिर मतदान केन्द्र (ख)बाट बिहीबारको निर्वाचनमा मतदान गर्दै क्षेत्र–२ का उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङ । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस

नारायणमान बिजुक्छेले गरे मतदान

 भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे। तस्बिर : अन्नपूर्ण

प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : सूर्यचन्द्र बस्नेत, रासस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: नारायण अधिकारी, चितवन, रासस 

एमालेका बरिष्ठ नेता झलनाथ खनाल मतदान गर्दै। तस्बिर: तोयानाथ भट्टरार्इ

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौंस्थित सानो गौचरन मतदान केन्द्रमा मतदान गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

एमाले उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : गीता कुँवर, अछाम, रासस

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर : यज्ञराज आङदेम्बे, दमक, रासस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

प्रतिनिधिसभा र प्रदेश सभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गर्दै ।  तस्बिर : भरत केसी, बुटवल, रासस

काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै । तस्बिर : सौजन्य–पोखरेलको सचिवालय, रासस

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

बिहीबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको द्रोस्रो चरणको निर्वाचनमा एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र–४ पशुपति बहुमूखी क्याम्पस चावहिल केन्द्रबाट मतदान गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

स्वास्थ्यमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं रुपन्देही क्षेत्र–३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक बोहराले सिद्धार्थनगर–३ को खजहना निमाविमा मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : दीपक घिमिरे, लुम्बिनी, रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.