रौतहटमा १२ बजेसम्म ३० प्रतिशत मतदान

रौतहटमा १२ बजेसम्म ३० प्रतिशत मतदान

रौतहट: रौतहटमा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशतभन्दा बढी मत खसेको छ।

मतदाताहरुमा उत्साह देखिएको छ। जिल्लामा रहेका ४ सय ४९ मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा तीन लाख २९ हजार मतदाता रहेका छन्।

रौतहट क्षेत्र न १ का राजपा नेपालका उम्मेदवार राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले मत्सरी स्थित सरस्वति उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन्।

यस्तै विनाविभागीय मन्त्री प्रभु साहले रौतहट क्षेत्र न ३ स्थित मौलापुरमा रहेको प्रावि विद्यालय मतदान गरेका छन्। निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाव्यवस्था कडा पारिएको छ। जिल्लामा सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.