काभ्रेमा शान्तिपूर्ण मतदान जारी

काभ्रेमा शान्तिपूर्ण मतदान जारी

काभ्रे : काभ्रेमा बिहानैदखि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। जिल्लामा रहेको १ सय ८९ मतदान स्थलको ३ सय ५० मतदान केन्द्रमा नै मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

जिल्लामा २ लाख ७२ हजार २ सय ९२ मतदाना निर्वाचनजमा सहभागी भइरहेका छन्। निर्वाचनका लागि भन्दै जिल्लामा २८ सय कर्मचारी घटाइएको छ भने शान्ति सुरक्षा अत्यन्तै कडा पारिएको छ। बिहानैदेखि नेपाली सेना र सशस्त्रले बाहिरी घेरामा सुरक्षा दिइरहेको छ भने नेपाल प्रहरी र जनपथ प्रहरीले मतदान स्थल भित्र सुरक्षा दिइरहेको छ। ३५ सय सुरक्षाकर्मी खटाइएको छ। जिल्लामा हालसम्म कुनै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.