नारायणमान बिजुक्छेले गरे मतदान

नारायणमान बिजुक्छेले गरे मतदान

भक्तपुर : २०४८ सालदेखि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आफैंलाई भोट हाल्दै आएका नेपाल मजदुर किसान पार्टीले पहिलोपटक आफूबाहेकलाई मतदान गरेका छन्। यसपटक उनले नेमकिपाका उम्मेदवार पार्टी सचिव प्रेम सुवाललाई मतदान गरेका हुन्।

उनले भक्तपुर नगरपालिका वडा नं ५ स्थित विद्यार्थी निकेतन माध्यविक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन्।

नेमकिपा र वाम गठबन्धनका उम्मेदवारद्वयको एउटै मतदान केन्द्र
यसैबीच भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि नेमकिपाका उम्मेदवार प्रेम सुवाल र वाम गठबन्धनका उम्मेदवार मिलन सुवालले एउटै मतदाना केन्द्रमा फरकफरक समय मतदान गरेका छन्।
उनीहरु दुवैले भक्तपुर नपा ६ स्थित बालबोध शान्ति स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। वाम गठबन्धनका मिलन सुवाल माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हुन्।

त्यस्तै भक्तपुर क्षेत्र नं १ का लागि लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिका ५ स्थित गःहिटी मतदान केन्द्रमा मतदान गरेका छन्।

क्षेत्र नं २ मा भने वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नपा ७ गुण्डुस्थित भैरवी स्कुलको मतदान केन्द्रमा मतदान गरेका छन्। त्यस्तै नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले मध्यपुर थिमि नगरपालिका २ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगाना भक्तपुर जिल्ला बाहिरका भएकाले उनले भने आफैलाई भोट हाल्न पाएनन्।

भक्तपुरमा कूल एक लाख ७८ हजार ९९ मतदाता रहेका छन्। जसअनुसार क्षेत्र नं. १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३५ मतदाता रहेका छन्। दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ७८ मतदान केन्द्रमा दुई सय नौ वटा मतदान स्थल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.