१०२ वर्षीय जगतकुमारीले मतदान गर्दै भनिन् : शान्तिका लागि मतदान गरेको छु

१०२ वर्षीय जगतकुमारीले मतदान गर्दै भनिन् : शान्तिका लागि मतदान गरेको छु

जनकपुरधाम : दुईजनाको सहाराका साथ मतदानस्थलमा पुगेर आफ्नो मत खसालेकी १ सय २ वर्षीय जगतकुमारी ढकालले अबको निर्वाचनपश्चात देशमा शान्ति आओस् भन्ने चाहना राखेकी छिन्।

वृद्धा अवस्थाका कारण राम्ररी हिड्न समेत नसक्ने अवस्थामा पुगेकी ढकाललाई उनका आफन्तहरुले जेनतेन धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर चोकस्थित महेन्द्र मावि मतदान केन्द्रसम्म पुर्‍याएका थिए।

मतदान गरेर फर्केपछि उनले भनिन्, मत उम्मेदवार पनि राम्ररी चिन्दिन्, उनीहरुले भनेको भाषणहरु पनि खासै थाहा छैन् तर, यो मतदानबाट देशमा शान्ति आओस् भन्ने चाहना छ।'

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत नगराईन नगरपालिका २ को राजेश्वर निधि उमावि मतदान केन्द्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। उनी यसै क्षेत्रबाट उम्मेदवार पनि हुन्। नेता निधिले लोकतन्त्रको पक्षमा शान्तिपूर्वक मतदातालाई आफ्नो मतको सदुपयोग गर्न अनुरोध गरेका हुन्। निधिले भने, सबैजना हतार नगरी सोच विचारका साथ मतदान गरौं। मत बदर नहोस् भन्नमा विशेष ध्यान दिन उनले मतदातालाई आग्रह गरेका छन्।

धनुषामा दिउँसो २ः३० बजेसम्ममा ५३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले जानकारी दिइन्। बिहान चिसो मौसमका कारण अधिकांश मतदाताहरुले दिउँसोको बेला भोट हाल्न आउन थालेका छन्। केही स्थानहरुमा फाट्फुट् विवादका घटना बाहेक जिल्लाभरीमा शान्तिपूर्वक मतदान भइरहेको धनुषाका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.