बढी मतदाता रहेको मोरङमा ५५ प्रतिशत मतदान 

बढी मतदाता रहेको मोरङमा ५५ प्रतिशत मतदान 

विराटनगर : मुलुककै सबै भन्दा बढी मतदाता रहेको मोरङमा दिउँसो तीन बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा तीन सय मतदान स्थलका सात सय ५८ केन्द्रमा मतदान जारी छ। बिहीबार विहान सात बजेबाटै मतदान सुरु भएको थियो। चिसोका कारण एकाबिहानै मतदाता मत खसाल्न मतदान केन्द्रमा नआए पनि बिहान ९ बजेबाट भने भीड लागेको थियो। भीड सम्हाल्न सुरक्षाकर्मी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो। ‘मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावणमा भइरहेको छ,’ खतिवडाले भने, ‘मतदान केन्द्रमा मत खसाल्नेको भीड अत्यधिक छ।’

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको जनाए। उनले सुरक्षा व्यवस्था मजवुत बनाइएका कारण अहिलेसम्म कुनै पनि घटना र समस्या आएका छैनन्। ‘निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ,’ उनले भने, ‘कुनै अप्रिय घटना भएको छैन।’ चुनावी सुरक्षाका लागि परिचालित सेनाले पनि आफ्नै हिसावमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ।

अशक्त, बिरामी, अपाङ्गता भएका र बृद्धबृद्धा सहयोगीका साथमा मतदान गर्न पुगेका छन्। मतदान केन्द्रमा पुगेपछि उनीहरुलाई लाइनमा नराखिकन प्राथमिकता दिने गरिएको जानकारी खतिवडाले दिए। मोरङमा छ लाख ४४ हजार सात सय ८२ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.