फेरिएको क्रमसंख्याले अलमलमा परे मतदाता

फेरिएको क्रमसंख्याले अलमलमा परे मतदाता

विराटनगर : बिहीबारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदातासूचीमा भएको र मतदाता परिचय पत्रमा भएको क्रमसंख्या नमिल्दा धेरै मतदाता अलमलमा परेका छन्।

विराटनगर-१२ का विकासकुमार सेढाईं मत खसाल्न मतदान केन्द्रमा पुग्नुअघि आफूसँग भएको मतदाता परिचय पत्र हेरे। त्यसमा क्रमसंख्या भेटेनन् अनि अलमलमा पर्दै भने, ‘क्रमसंख्या नै रहेनछ अब कसरी नाम पत्ता लगाएर मतदान गर्ने थाहा छैन।’

एकजना मतदाता जगत राउत मतदाता परिचय पत्र र मतदातासूचीमा भएको क्रमसंख्या मिलाउन एक घण्टादेखि माथापच्ची गरिरहेका थिए। मतदानस्थलको भित्तामा टाँसिएको नामावालीमा परिचयपत्रमा भएको क्रमसंख्या थिएन। उनले आफ्नो नामको आधारमा बल्लवल्ल मतदाता क्रमसंख्या भेट्टाए अनि मतदान गर्न लाइनमा बसे। नङमा मसी लाउनुभन्दा अगाडि आफ्नो नयाँ क्रमसंख्या बताएर मतपत्र लिई मत खसाल्न अघि बढे। उनले भने, ‘क्रमसंख्या बदलिएको बारेमा थाहा नहुँदा धेरै अलमल भयो। समयको बर्बादी भयो।’

नाम रुजु गर्न बसेका मतकेन्द्रमा खटिएका एजेन्टले पनि मतदानको नाम खोज्न ज्यादै झन्झटिलो भएको बताएका छन्। विराटनगरको कोचाखाल केन्द्रमा मत खसाल्न गएका चाँदनी चौकका एक मतदाता शेखर रेग्मीले भने, ‘मत हाल्न लाइनमा बसेर मतपत्र लिनुअघि क्रमसंख्या भिँडाउँदा नमिलेपछि धेरै मतदाता फेरि नयाँ नम्बर लिन फर्कनु पर्दा समस्या भयो।’ उनले पहिल्यै यस विषयमा निर्वाचन कार्यालयले प्रस्ट पारेको भए मतदाताई झन्झट नहुने बताए।

विराटनगर-१२ का रामविलास शर्मा पहिले लाइनमा बसे। आफ्नो पालो आएपछि मतदाता परिचय पत्र देखाएर मतपत्र लिन अघि बढे तर निर्वाचनमा खटिएका कर्मचारीले उनको नाम भेट्टाएनन् र भने, ‘खै त तपाईंको यो नम्बरमा नाम, थर ठेगाना छैन।’ शर्मा अलमलमा परे। उनलाई भित्तामा टाँसिएको विवरणमा क्रमसंख्या नम्बर खोजेर आउन भनियो। उनी त्यतै लागे र आधा घन्टा लगाएर पत्ता लगाई फेरि लाइनमा बसेर मत खसाल्न अघि बढे। उनले भने,‘पहिल्यै यति कुरा भनि दिएको भए त हामीलाई समस्या नै हुने थिएन।’ शर्माले आफूजस्ता धेरै मतदाता क्रमसंख्याका कारण समस्यामा परेको बताए।

राजेन्द्र ढकालको मतदाता परिचय पत्रमा ४६६१ नम्बर थियो तर नयाँ नम्बर भने ५१६३ भएर आयो। ढकालले भने,‘ क्रमसंख्याको विषयमा निर्वाचन कार्यालयले पहिल्यै मतदातालाई जानकारी दिएको भए यतिधेरै झन्झट हुने थिएन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.