उपप्रधान मन्त्री श्रेष्ठले गरे मतदान

उपप्रधान मन्त्री श्रेष्ठले गरे मतदान

स्याङ्जा : प्रतिनिधिसभा २ का उम्मेदवार एवं उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बिहीबार पुतलीबजार नगरपालिका ३ स्थित काजीमान हरिटिकाबाट मतदान गरेका छन्।

श्रेष्ठको मतदाता नामावलीमा नाम क्षेत्र नं. १ स्थित उनको जन्मस्थलो पुतलीखेतमा रहेको छ। यसपटक उनले दिएको मत उनका लागि भने हुनेछैन।

यसैगरी, नेपाली कांग्रेस प्रतिनिधिसभा १ का उम्मेदवार राजु थापाले पुतलीबजार नगरपालिका ४ स्थित फुलवारी माविबाट, प्रदेशसभा (क) का उम्मेदवार कमलप्रसाद पंगेनीले भीरकोट ६ स्थित भाग्योदय माविबाट, ख बाट तुलसी गिरीले पुतलीबजार नपा १४ श्रवण माविबाट मतदान गरेका छन्।

प्रतिनिधिसभा २ अन्र्तगत प्रदेश क का उम्मेदवार बिष्णुप्रसाद पौडेलले वालिङ स्थित फापरथुम बाट र प्रदेश ख का उम्मेदवार भागवतप्रकाश मल्लले चापाकोट स्थित सेखामबाट मतदान गरेका हुन।

यस्तै, प्रतिनिधिसमा १ मा नेकपा माओवादी गठबन्धनका उम्मेदवार नारायणप्रसाद मरासीनीले पुतलीबजार नगरपालिका १ त्रिभुवन आदर्श मावि, प्रदेशसभा क का उम्मेदवार दीपक चर्ती मगरले विरुवा स्थित जनजागृती मावि र प्रदेशसभा ख का उम्मेदवार मिनप्रसाद गुरुङ्ले पुतलीबजार ९ कोल्मा बराहचौर माविबाट मतदान गरे।

नेकपा माओवादी गठबन्धनबाट प्रतिनिधिसभा २ का उम्मेदवार पदमा अर्यालले वालिङ्को थुमपोखरा, प्रदेशसभा (क) का उम्मेदवार मोहन रेग्मीले वालिङ स्थित रणवीर मावि र प्रदेश ख का उम्मेदवार पारश शर्माले गल्याङ स्थित पक्वादी केन्द्रबाट मतदान गरेका छन्। उम्मेदवार मध्ये गोपालमान श्रेष्ठसहित कांग्रेसतर्फका कमलप्रसाद पंगेनी र बामगठबन्धनतर्फका मीनप्रसाद श्रेष्ठले पनि आफूले दिएको मत आफैंले नपाउने भएका हुन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.