अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते

अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते

अछाम : अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।

स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्।

आफ्नो श्रीमानलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धना धनकी श्रीमती हुन। धनाको संवेदनशील अंगबाट बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बयलपाटा अस्पताल पुर्याइएको छ।

यस्तै वाम घठबन्धनका कार्यकर्ताको कुटाईबाट साफेबगर नगरपालिका १० घुघुरकोटका ४९ वर्षीय तेजबहादुर बडासहित घाइते भएका छन्। उनको नाकमा तीन वटा टाका लागेका छन्।

यस्तै वामँ गठबन्धनका कार्यकर्ताको कुटाइबाट मेल्लेख गाउपालिका ७ नन्देगडामा भीमबहादुर साउदको आँखामा चोट लागेको छ। जिल्लाका केही ठाउँमा वाम गठबन्दनका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि बिहानैदेखि कुटपिट गर्न थालेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.