वाम गठबन्धनलाई दुई तिहाई पक्का : ओली

वाम गठबन्धनलाई दुई तिहाई पक्का : ओली

भक्तपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले दुई तिहाई परिणाम हासिल गर्ने दाबी गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा अपरान्ह ४ बजे मतदान गरेपछि उनले भने, ‘लगभग दुई तिहाई ल्याउँछौं।’

पूर्वप्रधानमन्त्री ओलीले दुई तिहाई ल्याउँदैमा वाम गठबन्धनसँग घमण्ड र दम्भ केही नहुने पनि प्रष्ट पारे। ‘अरु दुई तिहाई आउँदा कसरी भूइँ न भाँडामा हुन्छन् तर हामी हुँदैनौं’, उनले सञ्चारकर्मीलाई भने, ‘वाम गठबन्धनले जित्दैमा अधिनायकवाद आउँछ भन्नु भ्रममात्र हो। हामी आक्रामक पनि हुँदैनौँ र कायर हुन पनि जान्दैनौं।’

उनले अन्य दलको अस्तित्व स्वीकार्दै विकासका एजेन्डामा एक हुनेसँग एकता गर्दै अघि बढ्ने पनि बताए।

ओलीले मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमार्फत् मतदाताले कुन पार्टीलाई कस्तो आकारा दिने भन्ने टुंगो लगाउने पनि बताए।

‘राजनीतिक दलले भविष्यको झल्को पाइसकेका छन्, उनीहरुलाई अब हामी टिक्दैनौं भन्ने भइसकेको छ किनकी वाम पन्थीले राम्रो काम गर्छन् भन्ने बुझेका छन्,’ ओलीले भने।

परिणाम जस्तो आए पनि सबै दललाई सम्मानपूर्वक साथ लिएर जाने स्पष्ट पारे। ओलीले व्यक्ति गुण र दोषका आधारमा चयन हुने उल्लेख गरे। उनले थपे, ‘भ्रष्टाचार रोक्ने र विकासका एजेण्डामा आउनेलाई स्वागत छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.