बैतडीमा मतगणना सुरु

बैतडीमा मतगणना सुरु

बैतडी : बैतडीमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको छ । राजनीतिक दल र उम्मेद्वारबीच मतगणना कार्यलाई व्यवस्थित गर्न बुधबार नै २१ बुँदे निर्णय भएपछि मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका अलग–अलग टिम बनाएर मतगणना कार्य थालिएको छ । मतगणनास्थलमा तारजाली लगाइएको छ । दलका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । दलका प्रतिनिधिले मतपत्र छुन पाउने छैनन् ।

दशरथचन्द नगरपालिकाको हलमा प्रदेशसभा (क) र (ख) को मतगणना भइरहेको छ भने प्रतिनिधि सभाको नगरपालिकाको एक कोठामा भइरहेको छ ।मतगणना कार्यलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।


राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र छुन नदिने गरी मतगणनाको व्यवस्था गरिएको छ । मतगणना गर्ने कर्मचारीको टोली तारजालीभित्र मतगणना गरिरहेका छन् भने दलका प्रतिनिधिले तारजाली बाहिरै रहेर मतगणना कार्यमा सहभागी भइरहेका छन् ।

मतगणनाका लागि ६–६ जनाको तीनओटा टोली खटिएको छ । टोली समय अनुसार परिवर्तन हुनेछन् भने रातदिन मतगणना कार्य निरन्तर जारी रहनेछ। मतगणना गर्दा एकपटकमा कम्तिमा दुई मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गणना गर्ने सहमति अनुसार मतगणना भइरहेको छ । कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ ।

मतगणना चलिरहँदा मतगणनास्थल बाहिर मानिसहरुको ठूलो भीड लागेको छ । मतपरिणामका बारेमा उत्सुक रहेका मतदाता, राजनीतिक दलका नेता कार्यकर्ताको मतगणनास्थल बाहिर भिड लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.