अग्निप्रसाद सापकोटाको प्रारम्भिक अग्रता कायमै
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्। बिहीबार साँझ सुरु भएको मतगणनामा पूर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले अग्रता लिएका हुन् ।
सापकोटाले दुई हजार ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक हजार एक सय १४ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणाले एक हजार दुई सय ८८ र एमालेका शेरबहादुर तामागंले एक हजार ९८ मत प्राप्त गरेका छन् ।