दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मतदान
काठमाडौं: बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ।
निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ६७ प्रतिशत मत खसेको जनाए।
दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि मतदान भएको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले देशभर शान्तिपूर्णरुपमा मतदान भएको बताए।