प्यूठानको आहालखोलामा राति दश बजेसम्म मतदान

प्यूठानको आहालखोलामा राति दश बजेसम्म मतदान

प्यूठान: झिमरुक गाउँपालिका-३ ओखरकोट आहालखोलास्थित प्रभात मावि मतदान केन्द्रमा अझै पनि मतदान प्रक्रिया जारी छ। मतदान अधिकृतको हस्ताक्षरबिना नै मतपत्र दिइएको भन्दै विवाद चुलिएपछि करिव तीन घण्टा मतदान रोकिएको थियो। सात बजेभित्रै मतदान सकिने भएपनि विवाद बढेपछि समय लम्बिएको हो।

चिसोको मौसममा मतदाताहरु रातिसम्म लाइनमा बसेर मतदान प्रक्रियामा भाग लिइरहेका छन्। जिल्लाका अन्य केन्द्रहरुमा शान्तिपूर्ण रुपमै मतदान भएपनि यहाँमात्र विवाद भएको प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेले जानकारी दिए। राति दशबजेसम्म मतदान चल्ने उनले बताए।

‘तीन/चारवटा मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको भन्ने छ', उनले भने, ‘जिल्लास्तरीय सर्वदलीय बैठक बसेर सहमति गरी पुनःमतदान गरिएको छ। खालि मत्रपत्र झुक्किएर गएको भन्ने छ, जिल्लामा लिएर हेर्छौ।' वाम र लोकतान्त्रिक गठवन्धनका नेता, कार्यकर्ताहरुबीच विवाद भएको हो।

मतदान केन्द्रमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका अधिकृत नारायण आचार्य मतदान अधिकृतको रुपमा खटिएका छन्। दुई सय बढी मतदाताहरु राति अवेरसम्म लाइनमा बसेर भोट हालिरहेका छन्। मतदान केन्द्रमा १ हजार ५१ जना मतदाता रहेकोमा विवाद हुनुपूर्व पाँच सय ९९ जनाले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.