पाँचथरमा एमालेका वसन्त नेम्वाङको अग्रता
पाँचथर : प्रतिनिधिसभाको एउटा मात्र क्षेत्र भएको पाँचथरमा एमालेले अग्रता लिएको छ ।
एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसन्त नेम्वाङले १४ सय २९ मत ल्याएका छन् भने कांग्रेसका भीष्मराज आङदाम्बेले हजार ९९ मत प्राप्त गरेका छन् ।
संघीय समाजवादी फोरमका प्रमेमराज लावतीले एक सय आठ मत ल्याएका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सागर केरुङ ६४ मत ल्याएका छन् । उता नेकपा मालेका दीननाथ घिमिरेले ३५ मत ल्याएका छन् ।