मनाङमा एमालेको अग्रता कायमै, स्वतन्त्र दीपक मनाङ्गे अगाडि
गाेरखा : मनाङमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा उम्मेदवार पाल्तेन छोपाङ गुरुङले आठ सय ९ मत ल्याएका छन् भने कांग्रेसका टेकबहादुर गुरुङले ६ सय ५९ मत प्राप्त गरेका छन् ।
प्रदेश क का कांग्रेसका चिन्तबहादुरले चार सय १८ मत ल्याएका छन् भने एमालेका दोर्जे गुरुङले चार सय २४ मत प्राप्त गरेका छन् । प्रदेश ख मा भने कांग्रेसका कर्म गुरुङले चार सय २४ मत ल्याएका छन् भने स्वतन्त्र दीपक मनाङगेले चार सय ३७ मत ल्याएका छन् ।