माओवादी केन्द्रको विजय सुरुवात, रुकुम पूर्वमा कमला विजयी

माओवादी केन्द्रको विजय सुरुवात, रुकुम पूर्वमा कमला विजयी

रुकुम पूर्व : हिजो साँझबाट सुरु भएको रुकुम पूर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन्।

प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्।

कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ।

यस बाहेक प्रदेश सभा सदस्य क र ख मा पनि यतिबेला मतगणना जारी राहेको छ। प्रदेशसभा सदस्यमा पनि दुबै निर्वाचजन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारल अग्रता कायम गरिहेका छन् । छिटो छिटो मतपरिणाम आइरहेको रुकुम पूर्वको अतगणना पनि आजै सम्पन्न हुने सम्भावना देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.