बैतडीमा वामगठबन्धनको अग्रता कायमै

बैतडीमा वामगठबन्धनको अग्रता कायमै

बैतडी : बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा बामगठबन्धन अघि देखिएको छ। शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेससभा दुवैमा वामगठबन्धनको अग्रता देखिएको हो।

प्रतिनिधिसभाको १३ हजार ८०५ मत गनिसक्दा वामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले ६९७२ मत ल्याएर अग्रता कायमै राखेका छन्। उनका प्रतिष्पर्धाी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले ५हजार २६९ मत प्राप्त गरेका छन्। त्यस्तै विवेकशील साझाका उम्मेदवार नारायणदत्त अवस्थीले १२२, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारीले ५५ र एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्दले ९६ मत प्राप्त गरेका छन्।

प्रदेशसभाका दुवै क्षेत्रमा वामगठबन्धनको अग्रता कायमै रहेको छ। प्रदेशसभा ९क० क्षेत्रमा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ६ हजार १४७ ले प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हरिमोहन भण्डारीले ४ हजार ७३८ मत प्राप्त गरेका छन्। जनसमाजवादी पार्टी नेपालका भगीरथसिंह कुवरले ३७८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय मुक्ति आन्दोलन नेपालका दिलिपराज पाण्डेले १३९ मत प्राप्त गरेका छन्।

राष्ट्रिय जनमोर्चाका अर्जुनसिंह मडैले २१ मत प्राप्त गरेका छन्। प्रदेशसभा ९क० क्षेत्रमा अहिले सम्म १२ हजार ५०२ मत गनिसकिएको छ।
प्रदेशसभा 'ख' क्षेत्रमा बामगठबन्धन उम्मेदवार एमालेका लीलाधर भट्टले ६ हजार ४५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका गणेश चन्दले ४ हजार ८५७ मत प्राप्त गरेका छन्। प्रदेशसभा ९ख० क्षेत्रमा अहिले सम्म १२ हजार ४७ मत गणना गरिएको छ।

कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.