रोल्पामा वामगठबन्धनको अग्रता

रोल्पामा वामगठबन्धनको अग्रता

रोल्पा :  रोल्पामा प्रतिनिधिसभा र प्रदेश सभामा वामगठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ ८ हजार ८ सय ३५ मत गणना हुँदा वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ५ हजार ५१ ले अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवारी एवं सिंचाई राज्यमन्त्री अमरसिंह पुनको २ हजार ६ सय ४९ मतले पछ्याउँदै आएका छन् ।

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं क मा वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसी १ हजार ८ सय ९४ ले अघि छन । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महराले १ हजार ४ सय ९७ मत ल्याएका छन् । क मा ३ हजार ९ सय ४३ मत गणना भएको छ ।
निर्वाचन क्षेत्र ख मा ५ हजार २५ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्रकुमार पुनले ३ हजार ७ सय ११ मत सहित अग्रता कायम गरेका छ्न् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्रप्रकाश हमालले ८ सय ६१ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.