दोलखामा वामगठबन्धनको फराकिलो मतान्तर

 दोलखामा वामगठबन्धनको फराकिलो मतान्तर

चरीकोट : दोलखामा वामगठबन्धनका उम्मेदवारहरुको फराकिलो मत मतान्तर आएको छ।पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखामा वामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले नेता पार्वत गुरुङले ७ हजार ६ सय ६३ मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रुद्रबहादुर खड्काले ३ हजार १ सय ३६ मत ल्याएका छन्।

यस्तै वामगठबन्धन बाट प्रदेश सभा १ (क) तर्फ उम्मेदवार बनेका माओवादी केन्द्रका नेता विशाल खड्काले ६ हजार २ सय ३६ मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धन बाट उम्मेदवार बनेका काँग्रेस नेता बर्मा लामाले २ हजार १ सय १ मत ल्याएका छन्।

यस्तै प्रदेश सभा अन्र्तगत क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पशुपति चौलागाइको ४ हजार ६ सय ८० र लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता केशवराज चौलागाईको १ हजार ७ सय ७१ रहेको छ भने नेकपा मालेबाट उम्मेदवार बनेका लालकुमार केशीको १ हजार ४ सय ७२ रहेको मुख्य निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.