भोजपुरमा वाम गठबन्धन अगाडी
भोजपुर : पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार भोजपुरमा वाम गठबन्धन अगाडी देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार भोजपुरको प्रतिनिधिसभा र प्रदेशसभाका ३ वटै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् ।
शुक्रबार बिहान सवा ९ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा अन्तरगत वाम गठबन्धनका उम्मेदवारेवादी केन्द्रका सुदन राईले ४९६५ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेशजंग रायामाझिले ३ ६०६ मत ल्याएका छन्।
यस्तै प्रदेशसभातर्फ भोजपुर (क)मा नेकपा एमालेका राजेन्द्रकुमार राईको ३०७९ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका ससफोबाट अजम्बर राई काङमाङले १८३८ मत ल्याएका छन् । यस्तै भोजपुर (ख) मा एमालेका शेरधन राईले ८३२७ मत ल्याउँदा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीले २८९७ मत ल्याएर पछ्याईरहेका छन् । मुख्यमन्त्रीका दाबेदार मानिएका पूर्वमन्त्री शेरधन राई भारी मतान्तरले अगाडी देखिएका छन् । राईले कार्कीको भन्दा ५४३० मतले अग्रता लिएका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कुल १ लाख १३ हजा ८ सय ९१ मतदाता संख्या रहेको भोजपुरमा कुल ५८.०५ प्रतिशत मत खसेको थियो । कडा सुरक्षाकाबीच मतगणना भइरहेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय परिसर १ सय मिटर वरपर सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।