रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीको संयुक्त उम्मेदवारका रुपमा नेकपा माओवादीका नेताहरुलाई रुकुम पूर्वमा संयुक्त उम्मेदवार बनाइएको थियो ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व मन्त्री कमला रोका र प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रकै तेजबहादुर खाम यस अघि नै विजयी भैसकेका छन् भने भर्खरै सम्पन्न मतगनणा अनुसार पूर्व रुकुख प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकै पुर्ण बहादुर घर्ती विजयी भएका छन् ।

विजयी घर्ती वि.सं. २०५२ सालदेखि २०६३ सम्म नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धताका २०५७ साल मंसिर २९ गते समानान्तर सरकार (छायाँ सरकार)का रुपमा रुकुमको बाँफिकोटमा तत्कालीन माओवादीले घोषणा गरेको जनसरकारको पहिलो प्रमुख समेत बनेका थिए ।

कुल मतदाता १४ हजार २५ जना रहेको रुकुम पूर्वको ‘ख’ मा ५ हजार ८ सय १६ मत ल्याएर पुर्णबहादुर घर्ती विजयी भएका छन् भने उनका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका छन् । संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसले मात्रै उम्मेदवारी दर्ता गराएको यस निर्वाचन क्षेत्रमा यी दुई दल बीच नै प्रतिस्पर्धा भएको थियो । यस क्षेत्रमा ९ हजार १ सय २७ मत खसेको थियो भने यसमध्ये ८ हजार ९ सय २७ सत सदर हुदाँ ३ सय म बदर भएको छ ।

यससंगै रुकुम पूर्वमा प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगनणा सकिएको छ । समानुपातिक तर्फको मतगनणा भोली बिहानबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.