राष्ट्रसंघको प्रस्ताव म्यान्मारद्वारा अस्वीकार

राष्ट्रसंघको प्रस्ताव म्यान्मारद्वारा अस्वीकार

एजेन्सी यांगुन : म्यान्मारका रोहिङग्या समुदायका विषयमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिएको प्रस्तावको म्यान्मारले विरोध गरेको छ ।

राष्ट्रसंघीय मानवाधिकार आयोगद्वारा प्रस्तुत प्रस्तावमा म्यान्मारको सेनाले बलजफ्ती राखिन राज्यबाट रोहिङग्यालाई लखेटेको भनी प्रस्ताव गरिएको छ । सेनाले नागरिकलाई कारबाहीका नाममा तर्साएको बताइएको छ । सेनाको उत्पीडनपछि उनीहरू देश छोडेर भाग्नुपर्ने स्थिति आउँदा पनि सरकारले उनीलाई रोक्नका लागि कुनै पहल नगरेको भनी राष्ट्रसंघले दाबी गरेको छ । विगतमा पनि राष्ट्रसंघ र अमेरिकाले यही धारणा राख्दै आएका थिए । यस धारणाको म्यान्मार सरकारले विरोध गर्दै आएको थियो ।

यसै मंगलबार पनि राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रस्तावका बारेमा छलफल भएको थियो । त्यस प्रस्तावप्रति म्यान्मारको सरकारले आफ्नो अस्वीकृति जनाएको बताइएको थियो । पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यान्मारको रोहिङग्या समुदायका नागरिक देश छोडेर भागेका थिए । विशेषगरी रोहिङग्याको बसोवास रहेको म्यान्मारको राखिन राज्यबाट करिब ६ लाख २० हजार जनता भागेर बंगलादेश पुगेका थिए । यसरी भागेका शरणार्थी हाल बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।

म्यान्मारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिंग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ । अमेरिका र राष्ट्रसंघ लगायत विश्व समुदायले म्यान्मार सरकारको यो कदमको निकै विरोध गर्दै आएका छन् । विश्वभरबाट म्यान्मारको रोहिङग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समयमा म्यान्मारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङसान सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यान्मारको नइपिदवमा दुई साताअघि भएको बैठकले रोहिङग्या शरणार्थीलाई फर्काउने सहमति गरेको थियो ।

सहमतिअनुसार तीन साताभित्र कार्यदल बनाई काम शुरु गरिने बताइएको थियो । उक्त प्रक्रिया भने अहिलेसम्म पनि शुरु हुन सकिरहेको छैन । कति रोहिङग्यालाई स्वदेश फर्काइँदै छ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् । अब बस्ने बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.