‘धेरै दलभन्दा थोरै दल वा गठबन्धन नै ठीक'

‘धेरै दलभन्दा थोरै दल वा गठबन्धन नै ठीक'

काठमाडौं : एमाले-माओवादीले तत्काल चुनावी तालमेल र त्यसपछि पार्टी एकता नै गर्ने गरी ‘वाम गठबन्धन' निर्माण गरेपछि कांग्रेसलगायत लोकतान्त्रिक शक्तिमाथि पनि गठबन्धन निर्माण गर्न दबाब सिर्जना भयो। कांग्रेसले पनि राप्रपा, नयाँ शक्ति, राप्रपा प्रजातान्त्रिकलगायत राजनीतिक शक्ति लिएर चुनावी गठबन्धन गर्‍यो। मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पनि अलग्गै मोर्चाबन्दी गरे।

चुनावी गठबन्धनले प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्ने पार्टीको संख्या सीमित भयो। धेरै पार्टीका नेता बेग्लाबेग्लै भन्दा मिलेरै चुनाव लडेकालाई मतदाताले सहज रूपमा लिए। ललितपुर महानगरपालिका-२१ सुनाकोठीका अष्टबहादुर महर्जनले भने, ‘पहिलाजस्तो लामा मतपत्र छैनन्, मतदान गर्न पनि सजिलै भयो। धेरै राजनीतिक दल हुनुभन्दा थोरै भएकै राम्रो।'

अस्थिरताको चपेटामा परेको देशको राजनीतिलाई स्थायित्व दिन पनि थोरै राजनीतिक शक्ति मात्र हुनुपर्ने तर्क मतदाताको छ। कीर्तिपुर-७ का पुष्पराज महर्जनले भने, ‘गठबन्धनका दलले सधैं मिलेर जान सके राम्रो।' उनको भनाइमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न यसपटक मतदातालाई सजिलो भएको छ। सानो मतपत्र, गठबन्धन दलका उम्मेदवारको मात्र चुनाव चिह्न रहेकाले मतदातालाई थोरै विकल्पमा रोजेर मतदान गर्नुपर्ने अवस्था थियो। निर्वाचन लक्षित कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र पार्टी एकता लक्षित वाम गठबन्धनको भविष्य अहिले नै अनुमान भने लगाउन नसकिने मतदाता बताउँछन्।

ललितपुर कोइलाछीगुठी खोकनामा मतदान गरेका ललितपुर-२१ का आशाकाजी डंगोलले भने, ‘गठबन्धनको भविष्य चुनावको परिणामपछि मात्र बताउन सकिएला।' एमाले-माओवादीको पार्टी एकता र कांग्रेस नेतृत्वको गठबन्धनको टिकाउको भविष्य निर्वाचन परिणामले मात्रै निर्धारण गर्ने उनको कथन छ। ‘पहिले स्थानीय तहमा पनि कतिपय दलले चुनावमा तालमेल गरेका थिए तर आफ्तो उम्मेदवार जित्ने, अर्कोको उम्मेदवारलाई भोट नै नदिएको पनि देखिएको थियो, अहिले पनि बाकसमा भोट खसेको छ, अहिले नै गठबन्धनको भविष्यबारे टिप्पणी गरिहाल्न नसुहाउला,' उनले भने। राजनीतिक विश्लेषक लोकराज बराल बहुदलीय व्यवस्थाभित्र गठबन्धनको अभ्यासलाई स्वाभाविक मान्नुपर्ने तर्क गर्छन्।

विगतमा चुनावका लागि उम्मेदवार मनोनयनपछि गठबन्धनको गृहकार्य भोटका लागि हुने गरे पनि यसपटक भने मनोनयन दर्ताअगावै भएकाले यसलाई नयाँ प्रयोगका रूपमा लिनुपर्ने ठान्छन्। ‘गठबन्धनको भविष्य यसै होला भनेर अहिले नै ठम्याउन सकिँदैन,' बरालले अन्नपूर्णसँग भने, ‘राजनीतिक पार्टी फुट्ने÷जुट्ने भइराख्छन्, यसलाई स्वाभाविक नै मान्नुपर्छ, निर्वाचन हुन्छ÷हुँदैन भन्ने अन्योलबीच निर्वाचन सकिएको छ। तर, यतिमै राजनीतिक स्थायित्व भइहाल्छ भनेर अनुमान लगाउन सकिन्न, चुनावमा भएका गठबन्धनको भविष्य पनि अहिल्यै आकलन गर्न सकिन्न।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.