यस्तो छ नुवाकोटको पछिल्लो मतगणना अपडेट

यस्तो छ नुवाकोटको पछिल्लो मतगणना अपडेट

नुवाकोट : नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ बढी मत पाएका छन् । तामाङको ५०९९ र महतको ४२१० मत रहेको छ। 

क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा २०२८ मतले काँग्रेसका अर्जुननरसिंह केसी भन्दा अगाडी देखिएका छन्। खतिवडाको ६५१८ र केसीको ३५९० मत रहेको छ ।

प्रदेशसभा अन्तरगत प्रतिनिधिसभा १ को प्रदेश सभा 'क' मा माओवादी केन्द्रका राधिका तामाङ काँग्रेसका महेन्द्र थिङ्ग भन्दा ६१३ मतले अगाडी छिन् तामाङको २२८६ र थिङको १६७३ मत रहेको छ । १ नम्बर प्रदेशसभा 'ख' मा एमालेका बद्री मैनाली काँग्रेसका रमेश महत भन्दा १४४४ मतले अगाडी छन् । मैनालीको ३१८४ र महतको १७४० मत रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश सभा क मा एमालेका केशबराज पाण्डे काँग्रेसका जगदीश्वरनरसिंह केसीभन्दा १२६३ मतले अगाडी छन् । पाण्डेको ३३६० र केसीको २१०३ मत रहेको छ । सोही क्षेत्रको प्रदेश सभा 'ख' मा माओवादी केन्द्रका हिरानाथ खतिवडा काँग्रेसका जगतबहादुर तामाङ भन्दा ५६४ मतले अगाडी छन् । खतिवडाको २६३५ र तामाङको २०७१ मत हरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.