काठमाडौंकाे मतगणना पाँच स्थानमा

काठमाडौंकाे मतगणना पाँच स्थानमा

काठमाडौं : पाँच स्थानमा काठाडौंका १० निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा १, २, ३, ४ क्षेत्रको मतणना भइराखेको छ भने सहकारी विभाग नयाँ बानेश्वरमा ५ र ७ को गणना सुरु भएको छ।

त्यसैगरी जिल्ला समन्वयस समितिको कार्यालय बबरमहलमा क्षेत्र नम्बर ६ र वन परिसर बबरमहलमै क्षेत्र नम्बर ८ को मतगणना सुरु भएको हो। अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भने काठमाडौं ९ र १० को मतगणना सुरु भएको छ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ।
काठमाडौं २ मा वाम गठबन्धनका माधवकुमार नेपाल र कांग्रेसका दीपकप्रसाद कुँइकेलबीच प्रतिस्पर्धा हुँदै छ। काठमडौं क्षेत्र नम्बर ३ मा गठबन्धनका कृष्णबहादुर राई र कांग्रेसकी अम्बिका बस्नेतबीच प्रतिस्पर्धा हुँदै छ।

त्यसैगरी धेरै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई र कांग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ। काठमाडौं ५ मा वाम गठबन्धनको तर्फबाट एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ।

काठमाडौं क्षेत्र ६ मा कांग्रेसका भिमसेन दास प्रधान र वाम गठबन्धनको तर्फबाट माओवादी नेता झुक्कुप्रसाद सुवेदीबीच प्रतिस्पर्धा हुँदै छ। उता काठमाडौं क्षेत्र ७ मा भने गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रमबहादुर थापाको प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौँ ८ मा गठबन्धनको तर्फबाट एमालेका जीवनराम श्रेष्ठ र कांग्रेसका नविन्द्रराज जोशीबीच प्रतिस्पर्धा हुँदै छ। उता क्षेत्र ९ मा गठबन्धनको तर्फबाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रंजित चुनावी मैदानमा छन्।

काठमाडौं १० मा भने कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादीका हितमान शाक्यबीच प्रतिस्पर्धा हुँदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.