नवलपरासीमा मतगणना सुरु
परासी : पश्चिम नवलपरासीमा शुक्रबार दिउँसोदेखि मतगणना सुरू भएको छ।दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरि ६ स्थानमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत माभवेन्द्रराज रेग्मीले बताए ।
जिल्लामा ७७.६० प्रतिशत मत खसेको उनले बताए।तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा २ सय ५७ केन्द्र र १ सय २० मतदान स्थल कायम थिए।त्यहां २ लाख ८ हजार २ सय ३७ मतदाता रहेका छन्।
पूर्वी नवलपरासीमा भने सबै मतपेटिका नआएकाले गणना सुरू भएको छैन। पहाडी क्षेत्रको बौदिकालीका र वुलिङ्टार गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका ४ बजेसम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए।चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा २ सय ५८ मतदान केन्द्र र १ सय १२ मतदान स्थल कायम गरिएको थियो।त्यहाँ २ लाख २१ हजार ७ सय १६ मतदाता रहेका छन्।त्यहा ७१ प्रतिशत मत खसेको छ ।