दैलेखमा मतगणना शुरु

दैलेखमा  मतगणना शुरु

दैलेख  : दैलेखमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना दिउसो २ बजेवाट शुरु हुने तयारी गरिएको छ ।

जिल्लाका दुर्गमस्थानबाट मटपेटिका दिउसो १ वजेसम्ममा सदरमुकाम ल्याई पु¥याउने भएकाले मतगणना २ बजेवाट मात्र शुरु गरीने बुझिएको छ । आज विहान १० वजेदेखि वसेको राजनैतिक दलहरु सहितको सर्वपक्षिय वैठकवाट मतगणना कार्य सो समयमा गरीने निर्णय गरीएको हो । मतगणना निर्वाचन क्षेत्र नं.१ को जिल्ला अदालतको हल र निर्वाचन क्षेत्र नं. २ को सरकारी वकिल कार्यालयको भवनमा गरीने सर्वपक्षिय निर्णय गरीएको छ ।

अन्य जिल्लामा मतगणनास्थलमा तारजालीसहित तयारी गरीएको भएपनि दैलेखमा सिसी क्यामराको निगरानीमा मात्र गरिने सर्वदलिय सहमती भएको छ । मतगणनास्थलमा रहने राजनैतिक दलका प्रतिनिधीहरुलाई केहि टाढा वस्ने व्यवस्था मिलाईएको छ । राजनैतिक समझदारीको आधारमा मतगणनास्थल निर्माण गरीएको प्रमुख निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिएका छन् ।

दोस्रो चरण अन्तर्गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा दैलेख जिल्लामा ६६ दशमलव ४७ प्रतिशत मत खसेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.