हुम्लामा ४७ मतले स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

हुम्लामा ४७ मतले स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

हुम्ला : हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन् । लामाले ८४९१ मत प्राप्त गरे भने शाहीले ८४४४ मत प्राप्त गरे । माओवादी उम्मेदवार छिमी दोर्चे लामाले २११८ मत प्राप्त गरे ।

स्वतन्त्र रुपमा उम्मेवार बनेका छिमी दोर्जेलाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

एमाले-माओवादी गठबन्धनकोतर्फबाट माओवादी पार्टीका जिल्ला इन्चार्ज तथा पूर्व संविधानसभा सदस्य छिमीदोर्जे लामालाई प्रतिनिधिसभाको टिकट दिएपछि पुर्वराज्यमन्त्रीसमेत रहेका छक्कबहादुर लामाले पार्टी निर्णयको विरोध गर्दै स्वतन्त्र उम्मेरदारी दर्ता गराएका थिए।

पछि पार्टीका कार्यकर्ताले आधिकारिक उम्मेदवार छिमीदोर्जेभन्दा छक्कबहादुरकै जनाधार राम्रो रहेको निकर्ष निकालेपछि वाम गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुरलाई नै समर्थन गरेको थियो।

यो पनि पढ्नोस्

बागीलार्इ वाम गठबन्धनको समर्थन, आधिकारिक उम्मेदवार फिर्ता


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.