मोरङको पछिल्लो अपडेट : सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

मोरङको पछिल्लो अपडेट : सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

मोरङ : मोरङमा मतगणना जारी छ। क्षेत्र नम्बर ६ मा शेखर कोइराला र लालबाबु पण्डितबीच प्रतिस्पर्धा छ। कांग्रेसका कोइराला भन्दा वाम गठबन्धनका लालबाबु अगाडि छन्। शेखर कोइराला ४४९६ मत ल्याएका छन् भने लालबाबु पण्डित ५३१२ मत छ।

त्यस्तै मोरङ १ मा समेत एमालेको अग्रता छ। एमालेका घनश्याम खतिवडा ३२८४ मत ल्याएका छन् भने कांग्रेसका डिक बहादुर लिम्बुले ३०७७ मत पाएका छन्। सँगै मोरङ ४ मा माओवादीका अमनलाल मोदी अगाडि छन्। माओवादीका मोदीले ३९९९ मत ल्याएका छन् भने कांग्रेसका महेश आचार्य २५८९ मत पाएका छन्।

उता मोरङ ३ मा समेत एमालेको अग्रता छ। एमालेका भानुभक्त ढकालले २७३३ मत पाएका छन् भने कांग्रेसका सुनिल शर्माले २४०० मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.