काठमाडौं ८ मा नविन्द्रराजलाई २८० मतले पछि पार्दै जीवनराम अगाडि
काठमाडौं : काठमाडौं ८ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
कांग्रेसका नविन्द्रराज जोशीलाई २८० मतले पछि पार्दै वाम गठबन्धनका जीवनराम श्रेष्ठले अग्रता लिएका हुन्। सुरुवाती नतिजामा भने जोशी अगाडि थिए।
पछिल्लो जानकारी अनुसार जीवनरामले ४१ सय ४६ मत पाएका छन् भने जोशीले ३८ सय ६६ मत पाएका छन्। विवेकशील साझा पार्टीका पुकार बमले १३६१ मत पाएका छन्।