कैलालीको मतपरिणाम : आरजु तेस्रोमा

कैलालीको मतपरिणाम : आरजु तेस्रोमा

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गणना गरिएको १४०५ मतको परिणाम अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा तेस्रो स्थानमा रहेकी छिन। दिउँसो साढे १२ बजेबाट सुरु गरिएको मतपरिणामको पहिलो नतिजा केहीबेर अघि सार्वजनिक गरिएको हो।

पहिलो सार्वजनिक मत परिणाम अनुसार वाम गठबन्धनका उमेदवार नारदमुनी राना ६२४ मतसहित अगाडि छन् भने टीकापुर घटनापछि जेलमा रहेका राजपाका नेता लक्ष्मण चौधरीको ३६० मत आएको छ।

यस्तै प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाको ३११ मत रहेको छ। यो मतपरिणाम थारु बाहुल्य रहेको कैलारी गाउँपालिकाको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.