सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर 

सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर 

सिमकोट : देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्। वाम गठबन्दनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले आफ्रनाे प्रतिद्धन्द्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेरदार मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद शर्मा पौड्यालले बताए। 

तत्कालिन् जनमोर्चाको तर्फबाट उम्मेदवार भएर २०४८ सालमा काका चक्रबहादुर शाहीलाई ८ मतले पराजित गरेका लामाले  २६ वर्ष पछि उनका भतिजा मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लामा पार्टीभित्रकै असहयोगका कारण पूर्वमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए। आफू ०७० को निर्वाचनमा पराजित भएकाले यस पटक प्रतिनिधिसभामा टिकट पाउनुपर्ने दौडमा रहेका लामाले वाम गठबन्धनको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेरदारी दिएर कलम चिन्हमा चुनाव लडेका थिए। २०१६ साल वैशाख १२ गते बुबा टाक्पा छेदेन लामा र आमा नाक्दार्मा लामाको सन्तानका रुपमा जन्मिएका हुन्।


को हुन् छक्कबहादुर लामा ?

कलम चिन्हमा चुनाव लडेका छक्क बहादुर लामा हुम्ला जिल्लाका कम्युन्ष्ट विचारका रुपमा चिनिन्छन्। उनलाई नै जिल्लाको पहिलो कम्युनिस्ट विचारधारा बोकेको नेता भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा पूर्व संविधानसभा सदस्य कर्णजीत बुढाथोकीले बताए। उनका अनुसार कानुनमा स्नातक र समाजसास्त्रमा स्नातकोत्तर गर्दै गरेका छक्कबहादुर हुम्ला जिल्लाका वाम बुद्धिजीवी नेताका रुपमा मात्रै चिनिदैनन् उनी विभिन्न पाँच देशका भाषामा समेत दक्ष छन्।

२०३१ सालबाट वाम राजनीति सुरु गरेका छक्कबहादुर ०३८ अखिल नेपालको छैटो केन्द्रीय सदस्य भएका थिए। विद्यार्थीकालदेखि नै वामपन्थी क्षेत्रमा संलग्न लामाले ०४२ सालमा नेकपा एकता केन्द्रको हुम्ला इन्चार्जको भूमिका निर्वाह गरेको उनका बारेमा जानकार माओवादी केन्द्रका पोटिब व्यूरो सदस्य छिरिङ्ग डम्डोल लामाले बताए।

२०४८ संयुक्त जनमोर्चाको केन्द्रीय सदस्यहुँदै आम निर्वाचनबाटै सांसदमा ८ मतले विजयी बनेका लामाले माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा भुमिगत नभएपनि त्यसमा उनले प्रत्यक्ष वा अप्रत्यारुपमा सहयोग गरेका थिए। जनयुद्धमा आफ्नी छोरी सहीद भएपछि सार्वजनिक रुपमा अप्रत्यक्ष सहयोग गरेका लालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनक काल २०६१ म स्थानीय विकास सहायक राज्य मन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्य मन्त्रीको समेत भूमिका निर्वाह गरेका हुन्।

भूमिगत नभएरै माओवादीलाई सहयोग गरेको आरोपमा पटक पटक राज्य र सुरक्षा निकायबाट नजरबन्ददेखि अनेक पीडा खप्नु परेपछि सिमकोटमै भएको बेला राज ज्ञानेन्द्रले सहायक राज्य मन्त्रीको जिम्मे दिएपछि काठमाडाैं आएका लामा लोकतान्त्रीक गणतन्त्र स्थापना भएपछि पुन वाम राजनीतिमै सक्रिय भएको वाम पत्रकार डा. दिपेन्द्र रोकाया बताउँछन्। 
 
जिल्लाको गरिबी घटाउने प्रतिवद्धता 

स्वतन्त्र रुपमा निर्वाचित छक्कबहादुर लामाले आप्mनो पाँच वर्षे कार्यकालका हुम्लाको गरिवी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। एक मात्रै निर्वाचन क्षेत्र भएको हुम्लाको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अन्नपूर्णसँग संक्षिप्त कुराकानी गर्दै लामाले जिल्लाको गरिबीले आफूलाई निकै दुखित बनाएकोले आफ्नो पहिलो प्राथमिकता जिल्लाको गरिवी न्यूनिकरणमा हुने प्रतिक्रिया दिए। 

हुम्लालाई उत्तरको ताक्लाकोट र दक्षिणको रुपैडियालाई मात्रै जोड्न सक्ने हो भने मात्रै पनि हुम्लाको गरिवी आधाभन्दा बढी कम हुने बताएका लामाले भने 'म पाँचवर्षे कार्यकालमा जिल्लालाई पूर्णरुपमा सडक सञ्जालमा समाहित मात्रै गर्ने छैन जिल्लाको शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार र आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्नेछु।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.