बैतडीमा मतान्तर बढाउँदै वामगठबन्धन

बैतडीमा मतान्तर बढाउँदै वामगठबन्धन

बैतडी :  बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनँगको मतान्तर बढाउँदै लगेको छ। बिहीबार साँझ मतगणना सुरु भएदेखि नै अग्रता लिएको बामगठबन्धनले मतान्तर बढाउँदै लगेको हो। वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेससभा दुवैमा बामगठबन्धनको अग्रता देखिएको छ।

प्रतिनिधिसभाको २२ हजार बढी मत गनिसक्दा बामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले १२ हजार ७ मत ल्याएर अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले ८ हजार ७०२ मत प्राप्त गरेका छन्। भण्डारी चन्दा भन्दा ३ हजार ३०५ मतले अघि देखिएका छन्। विवेकशील साझाका उम्मेदवार नारायणदत्त अवस्थीले १५६, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारीले ९२ र एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्दले ९२ मत प्राप्त गरेका छन्।

प्रदेशसभाका दुवै क्षेत्रमा पनि बामगठबन्धनले मतान्तर बढाउँदै लगेको छ। प्रदेशसभा (क) क्षेत्रमा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले १० हजार ९९३ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हरिमोहन भण्डारीले ८ हजार ३५५ मत प्राप्त गरेका छन्। वामगठबन्धनका उम्मेदवार भट्ट कांग्रेसका भण्डारी भन्दा २ हजार ६३८ ले मत अघि छन्।

जनसमाजवादी पार्टी नेपालका भगीरथसिंह कुवरले ६५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय मुक्ति आन्दोलन नेपालका दिलिपराज पाण्डेले २२६ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका अर्जुनसिंह मडैले ४२ मत प्राप्त गरेका छन्।प्रदेशसभा (ख) क्षेत्रमा बामगठबन्धन उम्मेदवार एमालेका लीलाधर भट्टले १२ हजार ३८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका गणेश चन्दले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। यसरी भट्ट चन्द भन्दा ३ हजार १४० मतले अघि छन्। कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ।

बदर मतको संख्या बढ्दै

बैतडीमा बदर मतको संख्या बढ्दै गएको छ। प्रतिनिधिसभाको २० हजार ३२५ मत गनिसक्दा १ हजार ९०९ मत बदर भएका छन्। प्रतिनिधि सभामा झण्डै १० प्रतिशत मत बदर भएको छ। यस्तै प्रदेशसभा (क) क्षेत्रमा २० हजार ६२६ मत गनिसक्दा १ हजार ७७३ मत बदर भएका छन्। यस्तै प्रदेशसभा (ख) क्षेत्रमा २० हजार २१२ मत गनिसक्दा १ हजार ३४८ मत बदर भएका छन्। बैतडीमा अहिले सम्म झण्डै दश प्रतिशत मत बदर भएको छ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्दै गएको हो। ढिलो गरी मतदाता शिक्षा सुरु हुनु, मतदाता शिक्षा स्वसेवक दक्ष नहुनु लगायतका कारणले बदर मतको संख्या बढ्दै गएको हुन सक्ने मुख्य निवाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। उनले भने ‘जिल्लामा ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सुरु भयो। त्यसमा पनि मतादाता शिक्षा स्वयंसेवकहरु सबै ठाउँमा नपुगेका हुन सक्छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.