चितवन ३ मा प्रचण्ड भन्दा विक्रम पाण्डे २१४ मतले अगाडि (अपडेट)
चितवन : सबैभन्दा बढी चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले अग्रता लिएका छन्। वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पछि पार्दै पाण्डेले अग्रता लिएका हुन्।
पछिल्लो जानकारी अनुसार पाण्डेले ६८७ मत पाएका छन् भने प्रचण्डले ४७३ मत पाएका छन्। पाण्डे र प्रचण्डबीचको मत अन्तर २१४ रहेको छ। अहिलेसम्म १२ सय मत गणना भएको छ।