मुस्ताङ प्रदेशसभा २ मा महेन्द्र थकाली विजयी
पोखरा : मुस्ताङ प्रदेशसभा २ मा वाम गठबन्धनका महेन्द्र थकाली विजयी भएका छन् । एमालेका थकाली वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । थकाली २५ सय ८४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ धावा गुरुङले २२ सय ५९ मत प्राप्त गरेका छन् । थकाली र गुरुङबीच चर्को प्रतिस्पर्धा भए पनि थकालीले बाजी मारेका हुन्।