प्रकाशमानलार्इ पछ्याउँदै रविन्द्र
काठमाडौं: काठमाडौं क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा देखिएको छ।
११हजार ३५७ मत गणना हुँदा सिंहले ४६१९ मत पाएका छन् भने मिश्रले ४०५२ मतसहित सिंहलार्इ पछ्यार्इरएका छन्। वामगठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी नेता अनिल शर्माले १८८९ मत पाएका छन्। यहाँ २२४ मत बदर भएको छ।