राजेन्द्र राईले अग्रता बढाए, सुनिल थापा हजार मतले पछाडि

राजेन्द्र राईले अग्रता बढाए, सुनिल थापा हजार मतले पछाडि

धनकुटाः प्रतिनिधिसभा सदस्यतर्फ वामगठवन्धनका उम्मेदवार राजेन्द्र राई १ हजार मतसहित अगाडि छन्। ५ हजार मतगणना भइसक्दा वामगठवन्धनका राजेन्द्र राईले २८ सय १२ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापाले १८ सय १४ मत पाएका छन्। 

त्यस्तै प्रदेशसभा अन्तर्गत धनकुटा-१ को २५ सय ३३ मत गणना भइसक्दा लोकतान्त्रिकका मनोहरनारायण श्रेष्ठको १ हजार ५३ र वामगठबन्धनका निरनकुमार राईको १ हजार ७७ मत रहेको 
छ।

यसैगरी प्रदेशसभा अन्तर्गतकै धनकुटा-२ को २४ सय ७ मतगणना भइसक्दा वामगठबन्धनका इन्द्रमणी पराजुलीको १३ सय ८२ र लोकतान्त्रिक गठबन्धनका अर्जुन थापाको ७ सय १४ मत रहेको छ। 

प्रतिनिधिसभामा २ सय ५५ मत बदर भएको छ। त्यस्तै प्रदेशसभा अन्तर्गत धनकुटा-१ मा १ सय ४१ र धनकुटा-२ मा १ सय २० मत बदर भएको छ। 
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले एउटै मतपत्रमा धेरै चिन्हमा स्वस्तिक छाप हानेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.