धादिङ क्षेत्र २ प्रदेशसभा ख मा जगत सिम्खडा र क्षेत्र १ क मा राजेन्द्र पाण्डे विजयी

धादिङ क्षेत्र २ प्रदेशसभा ख मा जगत सिम्खडा र क्षेत्र १ क मा राजेन्द्र पाण्डे विजयी

धादिङ : प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन अन्तरगत धादिङको क्षेत्र २ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जगत सिम्खडा विजयी भएका छन् ।

वाम गठबन्धन अन्तरगत माओवादी केन्द्रका जगतले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धन अन्तरगत राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् ।

तामाङको भन्दा सिम्खडाले १८ सय ३१ मत बढी ल्याएका छन् भने उनको क्षेत्रमा २२ सय २८ मत बदर भएको थियो । प्रदेशसभा क्षेत्र १ र प्रतिनिधिसभाको भने मतगणना जारी रहेको छ ।

त्यस्तै क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क मा पनि वाम गठबन्धन अन्तगरत नेकपा एमालेका उम्मेद्वार राजेन्द्र पाण्डे विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याएका थिए भने श्रेष्ठले १३ हजार ६ सय ३५ मत पाएका छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार धादिङको २ वटा प्रतिनिधिसभा र बाँकी २ वटा प्रदेश सभामा बाम गठबन्धनका उम्मेद्वार अगाडी छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको निर्वाचनमा वाम गठबन्धन सहज रुपमा अगाडि देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.