काठमौं १ मा रवीन्द्र मिश्रलाई ८१८ मतले हराउँदै प्रकाशमान विजयी

काठमौं १ मा रवीन्द्र मिश्रलाई ८१८ मतले हराउँदै प्रकाशमान विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् । नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले १० हजार १ सय १८ मत पाए।

तेस्रो नम्बरमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने पाँच हजार ३ सय ३६ मत मात्र पाएका छन् । विजय लगत्तै प्रकाशमानले सबै मतदातालाई धन्यवाद दिएका छन् । उता रवीन्द्र मिश्रले समेत विज्ञप्ति सार्वजनिक गर्दै हार स्वीकार गरेका छन् ।

काठमाडौं क्षेत्र नं १ को परिणामबारे  मिश्रकाे प्रेस विज्ञप्ति
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।

विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!


रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.