राजधानीमै धेरै मत बदर : मतदाता शिक्षामा करोडौं खर्च, उपलब्धि शून्य

राजधानीमै धेरै मत बदर : मतदाता शिक्षामा करोडौं खर्च, उपलब्धि शून्य

काठमाडौं : राजधानीमै मत बदर हुने क्रम बढेको छ। राजनीतिक रूपमा प्रशिक्षित र सचेत वर्गको बसोवास रहेको राजधानीमा बढी मत बदर हुनुले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमलाई नै व्यंग्य गरेको छ। काठमाडौं क्षेत्र ९ र १० को मतगणना क्रममा सयौं मतपत्र बदर भएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा क्षेत्र ९ को सयौं मत बदर भएपछि एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ अचम्ममा परे। उक्त क्षेत्रमा तीन हजार मत गन्दा तीन सयभन्दा बढी मत बदर भएको थियो। सोही अनुपातमा मत बदर हुने क्रम बढिरहेको छ। कतिपय मतपत्रमा त ल्याप्चेसमेत हानिएको थियो।

सूर्य, रूख, तराजु, हँसिया हथौडालगायत चिह्नमा ल्याप्चे लगाएको पाइएपछि मतगणनामा खटिएका कर्मचारी नै जिल्ल परेका थिए। निर्वाचन आयोगले राजधानीमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेकाले यस्तो समस्या आएको हुन सक्ने कर्मचारीको भनाइ छ।

‘काठमाडौंका मतदाताले नै निर्वाचन चिह्नमा ल्याप्चे हान्ने गरेको भेटियो भने अन्य जिल्लाका मतदाताको हालत के होला ? ’ निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमप्रति व्यंग्य गर्दै निर्वाचन अधिकृतको कार्यालयका एक अधिकारीले प्रश्न गरे। एमाले उम्मेदवार श्रेष्ठले पनि मतदाता शिक्षाको अभावमा मतपत्रमा ल्याप्चे लगाइएको बताए। कतिपय मतदाताले सूर्य र रूख दुवै चिह्नमा भोट हालेको पाइएको छ भने कतिपयले तीन-चारवटा चिह्नमा लगातार स्वस्तिक छाप हानेका छन्।

यस्तै समस्या देखियो क्षेत्र १० मा पनि। शुक्रबार मतगणना भइरहँदा त्यहाँ पनि ल्याप्चे हानिएको र दुई तीनवटा चिह्नमा भोट हालिएका कैयौं मतपत्र भेटिए। ल्याप्चे हानिएका मतपत्र धेरै पाइएको मतदान स्थलमा खटिएका एजेन्ट हरिश महर्जनले बताए। महर्जनका अनुसार बूढाबूढी तथा काठमाडौंका केही विपन्न बस्तीबाट आएको मतपत्रमा ल्याप्चे लगाएको पाइएको हो। उनले पनि मतपत्रमा ल्याप्चे लगाएको भेटिनुले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमले राजधानीको गाउँ-बस्तीलाई पनि राम्ररी छुन नसकेको दाबी गरे।

कर्मचारीका अनुसार केही मतदाताले जानाजान तीन-चारवटा चिह्नमा भोट हालेर मतपत्र बदर गराएको जस्तो देखिन्छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने केही मद बदर हुँदैमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्न नमिल्ने बताए। उनले धेरैभन्दा धेरै मत सदर गराउन आयोगले सबै प्रकारका उपाय अपनाएको दाबी गरे। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा करोडौं रुपैयाँ खर्चिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.