ललितपुर ३ मा पम्फा भुसाल विजयी

ललितपुर ३ मा पम्फा भुसाल विजयी

ललितपुर : प्रतिनिधिसभा–३ मा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाएका छन्।

भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी हुन्। उनी यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन। उनले एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन्।

२०७० को संविधानसभा निर्वाचनमा भने वैद्य नेतृत्वको माओवादीमा संलग्न भएकी भुसालले चुनाव बहिष्कार गरेकी थिइन्। भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा भएकी पहिलो महिला उम्मेदवार हुन्।

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.